१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड बजेट पारित, कानुन समेटेर संकाय पुनर्गठन

अ अ+ अ-

पोखरा । पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। सभाले शैक्षिक गुणस्तर सुधार, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ।

पोखरा-३०, ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभाले उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो।

सभाले विद्यमान नियमावली संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र संकायलाई पुनर्गठन गरी ‘मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय’ स्थापना गर्ने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विस्तार गरिएको कार्यसमेत अनुमोदन भएको छ।

यस्तै, बीई मेकानिकल, बीआईसीए र बीबीए फाइनान्सलगायत कार्यक्रमको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालन गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ।

सभामा सहकुलपति पोखरेलले विश्वविद्यालयले आफ्नो विशिष्टताका आधारमा पहिचान निर्माण गर्नुपर्ने बताएका छन्। उनले गण्डकी प्रदेशको सम्भावनासँग जोडेर साहसिक पर्यटनलगायत क्षेत्रमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न जोड दिएका छन्।

पोखरेलले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्न तथा छात्रवृत्ति वितरण पारदर्शी बनाउन विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका छन्। विद्यार्थीबाट लिइने शुल्कअनुसार प्रयोगशाला, पुस्तकालयलगायत शैक्षिक सुविधा सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

पारित नीति तथा कार्यक्रममार्फत विश्वविद्यालयले डिजिटल सेवा विस्तार र पूर्वाधार विकाससँगै शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

0 Comments