१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेस्तोलबाट गोली चलाउने तीन जना पक्राउ, हतियार र दुई राउन्ड गोली बरामद

अ अ+ अ-

काठमाडौँ । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज १७ गते राति करिब ११:४५ बजे देवदह नगरपालिका-५ खैरेनीस्थित एक होटेलमा गोली प्रहार भएको थियो।

प्रहरीका अनुसार देवदह नगरपालिका-५ स्थायी घर भएका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गा प्रसाद खरेलले पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गरेका थिए। घटनामा देवदह नगरपालिका-१ मिलनचोक बस्ने ३२ वर्षीय रायम खत्री क्षेत्रीको दाहिने गुल्फोमा गोली लागेको प्रहरीले जनाएको छ।

घाइते क्षेत्रीको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।

घटनापछि खटिएको प्रहरी टोलीले मुख्य आरोपित खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने अन्यमा देवदह नगरपालिका-५ मितेरी गाउँका ३८ वर्षीय कमल शर्मा र सोही ठाउँका १८ वर्षीय अमृत खरेल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।

घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

0 Comments