१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो मूल आयोजक समिति, सुर्खेतमा बैठक सुरु

अ अ+ अ-

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार बैठक सुरु भएको हो। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सह आयोजनामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित निकायका पदाधिकारी तथा प्रतिनिधि सहभागी छन्।

बैठकमा राष्ट्रिय खेलकुदको समग्र तयारी, व्यवस्थापन, खेल पूर्वाधार, खेलस्थल, खेलाडी तथा खेल पदाधिकारीको व्यवस्थापनलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रतियोगिता सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्ने विषय पनि बैठकको प्राथमिकतामा छ।

प्रतियोगिताका लागि खेलस्थल र आवास व्यवस्थापन महत्त्वपूर्ण विषयका रूपमा देखिएका छन्। यसअघि राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पूर्वाधार तथा सहभागी व्यवस्थापनका विषयमा आवश्यक तयारी अघि बढाइरहेको जनाएका थिए।

दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुँदै छ। प्रतियोगिताको मिति यसअघि पटक-पटक सर्दै आएकोमा पछिल्लो तयारीअनुसार मंसिरमा प्रतियोगिता सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ।

0 Comments