१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतन्त्रको संकुचन स्वीकार्य हुँदैन, दलहरूबीच सहकार्य आवश्यक छ’ : नेता भण्डारी

अ अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताएका छन्। लोकतन्त्र, संघीयता, समावेशिता र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य बलियो बनाउनुपर्ने उनको भनाइ छ।

काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको नेपाली काँग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले मुलुकले सामना गरिरहेका आर्थिक, सामाजिक र भू-राजनीतिक चुनौती पार लगाउन राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।

‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन । नेपाली जनताले लोकतन्त्रको कुनैपनि संकुचन स्वीकार गर्ने छैनन्,’ उनले भनेका छन्।

संविधान संशोधनमा काँग्रेसको साथको अपेक्षा
भण्डारीले आवश्यकता र समयअनुसार संविधान संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप बलियो, समावेशी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

संविधान संशोधन र समावेशी राज्य निर्माणका लागि जसपा नेपालले अघि बढाएको अभियानमा काँग्रेसको साथ अपेक्षा गरेको उनले बताएका छन्।

‘लोकतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीचको सहकार्य र एकतालाई अझ मजबुत बनाउन आवश्यक छ,’ उनले भनेका छन्।

आर्थिक चुनौती र सन्तुलित कूटनीतिमा जोड
भण्डारीले प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवाको विदेश पलायनले मुलुकमा चुनौती थपेको बताएका छन्। उनले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बदलिँदो संवेदनशील भू-राजनीतिक परिवेशमा राष्ट्रिय हितको रक्षा गर्न नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्ने उनको भनाइ छ। उनले लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनअधिकार खुम्चिन नदिन राजनीतिक दलहरू सचेत रहनुपर्नेमा जोड दिएका छन्।

0 Comments