कास्की । पोखरा महानगरपालिका–२४ बस्ने ७२ वर्षीय पूर्ण भद्र त्रिपाठीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय जगत दाहाललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विवादको क्रममा जगतले बियरको बोतल र कोदालो प्रहार गर्दा पूर्ण भद्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पूर्ण भद्रको मेट्रो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



