२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन तयार, शुक्रबारदेखि विद्युत् प्रवाह

झन्डै तीन दशकअघि सुरु भएको थानकोट-चापागाउँ-भक्तपुर आयोजनाअन्तर्गत मातातीर्थ-चोभार खण्ड सञ्चालनमा आउने भएको छ। नयाँ लाइनले उपत्यकामा विद्युत् प्रवाहको वैकल्पिक मार्ग थप्नेछ भने चोभार सबस्टेसनबाट कीर्तिपुरदेखि एकान्तकुनासम्मको आपूर्ति सुदृढ हुने अपेक्षा छ।

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणाली सुदृढ बनाउन निर्माण गरिएको मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। करिब ६ किलोमिटर लामो उक्त लाइन शुक्रबारदेखि चार्ज गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ।

थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्म लाइन निर्माण गरिएको हो। लाइन चार्ज भएसँगै मातातीर्थबाट चोभारसम्म १३२ केभीमा नियमित विद्युत् प्रवाह सुरु हुनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपास क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप सहज हुनेछ।

आगामी हिउँदमा उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले असोज ८ गते मातातीर्थ-चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। लाइन सञ्चालनका लागि चोभार सबस्टेसनमा दुई वटा ‘बे’ निर्माण गरिएको छ।

कीर्तिपुरदेखि एकान्तकुनासम्म आपूर्ति सुधार
चोभारमा निर्माण गरिएको १३२-११ केभी सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका नौ वटा फिडर राखिएका छन्।

सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायत क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। यसबाट ती क्षेत्रमा विद्युत् भोल्टेज सुधार हुनुका साथै आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको अपेक्षा छ।

हाल मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसन हुँदै काठमाडौं उपत्यकामा भित्रिने गरेको छ।

मातातीर्थबाट चोभारसम्म नयाँ १३२ केभी लाइन सञ्चालनमा आएपछि विद्युत् प्रवाहका लागि अर्को मार्ग उपलब्ध हुने भएकाले उपत्यकाको आपूर्ति प्रणालीमा लचकता थपिनेछ।

अब चोभार–पाटन भूमिगत लाइनमा जोड
प्राधिकरणले चोभार सबस्टेसनबाट ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म निर्माणाधीन करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइनलाई पनि प्राथमिकतामा राखेको छ।

चक्रपथ हुँदै निर्माण भइरहेको उक्त भूमिगत लाइन सञ्चालनका लागि पाटन सबस्टेसनलाई स्तरोन्नति गरी १३२ केभी क्षमतामा सञ्चालन गर्ने कामसमेत अगाडि बढाइएको छ।

चोभार–पाटन खण्ड सम्पन्न भएपछि उपत्यकाको १३२ केभी प्रसारण सञ्जाललाई थप अन्तरआबद्ध गर्न सहयोग पुग्नेछ।

तीन दशक पुरानो आयोजनामा अझै स्थानीय अवरोध
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको ‘रिङ’ संरचना तयार गर्ने उद्देश्यसहित थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना आर्थिक वर्ष २०५५–५६ मा सुरु गरिएको थियो।

नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा सुरु भएको आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फका प्रसारण संरचना निर्माण सम्पन्न भए पनि ललितपुरतर्फको काम अझै पूरा हुन सकेको छैन।

खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीयले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि उक्त खण्डको निर्माण प्रभावित हुँदै आएको छ।

त्यही अवरोधका कारण मूल योजनाअनुसार प्रसारण लाइन अघि बढ्न नसकेपछि प्राधिकरणले वैकल्पिक रूपमा चोभारमा १३२-११ केभी सबस्टेसन निर्माण गरी मातातीर्थसँग जोडेको हो।

मातातीर्थ-चोभार खण्ड सञ्चालनमा आउन लागे पनि काठमाडौँ उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण ‘रिङ’ संरचनामा सञ्चालन गर्ने योजनाका लागि ललितपुरतर्फ रोकिएको खण्ड निर्माण सम्पन्न गर्नुपर्ने चुनौती भने कायमै छ।

0 Comments