महोत्तरी । सशस्त्र प्रहरी बल नेपालले महोत्तरीको सीमावर्ती क्षेत्रबाट १२ लाख २४ हजार मूल्य बराबरको अवैध चोरी पैठारीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीबाट खटिएको गाडी मोबाइल टोलीले रामगोपालपुर नगरपालिका–७, टिकुलियास्थित सीमावर्ती क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।
भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा कपडा, चप्पलका साथै ओसारपसारमा प्रयोग गरिएका अटो र मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सम्पूर्ण सामान तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।



