२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिमेडिसिन सेवा व्यवस्थित गर्न छुट्टै जनशक्तिदेखि बिरामीको विवरण सुरक्षासम्ममा जोड

स्वास्थ्य मन्त्री मेहताको नेतृत्वमा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधारबारे छलफल, दिगो सञ्चालनका लागि बजेट र संस्थागत संरचनाको आवश्यकता औँल्याइयो

अ अ+ अ-

काठमाडौँ । सरकारले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी र दिगो बनाउन छुट्टै जनशक्ति व्यवस्थापनदेखि बिरामीको विवरण तथा उपचारसम्बन्धी अभिलेख सुरक्षित राख्नेसम्मका विषयमा आवश्यक सुधार अघि बढाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा भएको छलफलमा टेलिमेडिसिन सेवाको दिगो सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति, संस्थागत संरचना तथा प्राविधिक व्यवस्थापनका विषयमा छलफल भएको हो।

छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए।

टेलिमेडिसिन सेवालाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्तिको छुट्टै व्यवस्थापन गर्नुपर्ने विषय बैठकमा उठाइएको छ। सेवा विस्तारसँगै त्यसलाई निरन्तरता दिन आवश्यक बजेट र संस्थागत संयन्त्रको सुनिश्चितता गर्नुपर्नेमा पनि छलफल भएको थियो।

बिरामीको विवरण र परामर्शको व्यवस्थित अभिलेख
टेलिमेडिसिनमार्फत प्रदान गरिने स्वास्थ्य सेवाको रेकर्ड तथा अभिलेख व्यवस्थित बनाउने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ। बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी विवरण सुरक्षित राख्दै चिकित्सकीय परामर्शको अभिलेखीकरण गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।

सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय बनाउने विषयमा पनि छलफल भएको छ। टेलिमेडिसिनमार्फत सेवा विस्तार हुँदा सेवाग्राहीको सही पहिचान, व्यक्तिगत विवरणको सुरक्षा र चिकित्सकीय परामर्शको विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

सम्भावित चुनौतीको पूर्वपहिचान गर्न निर्देशन
सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने प्राविधिक, व्यवस्थापकीय तथा सेवासम्बन्धी चुनौतीको पहिचान गरी समाधानका लागि पूर्वतयारी गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको छ।

मन्त्री मेहताले टेलिमेडिसिनलाई प्रविधिमा आधारित स्वास्थ्य सेवामा मात्र सीमित नराखी नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन्।

उनले सेवाको गुणस्तर र विश्वसनीयता कायम हुने गरी आवश्यक व्यवस्था मिलाउन जोड दिँदै नागरिकमा टेलिमेडिसिन सेवाप्रति विश्वास बढाउने गरी काम गर्नुपर्ने बताइन्।

बैठकमा टेलिमेडिसिन सेवाको पहुँच र प्रभावकारिता बढाउन आवश्यक नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी कार्ययोजना अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

0 Comments