२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसदीय समिति भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट छ’ : ऐन महर

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संसदीय समिति भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताएका छन्।

बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उपसमिति सदस्य महरले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको बताए ।

उनले उपसमितिले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया, बजेट, बोलपत्र, ठेक्का, गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्थापनको अध्ययन बताए । अनियमितता देखिएमा थप अनुसन्धानका लागि सिफारिस गरिने बताए ।

उजुरी वा आरोप नै अन्तिम निष्कर्ष नभएको बताउँदै उनले अध्ययन गर्दा संविधान, कानून र उचित प्रक्रियाको पूर्ण पालना गरिने स्पष्ट पारेका छन्।

उनले भने, ‘निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको छ । उपसमितिले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया, बजेट, बोलपत्र, ठेक्का, गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्थापनको अध्ययन गर्नेछ । अनियमितता देखिएमा थप अनुसन्धानका लागि सिफारिस गरिनेछ । हामी भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट छौँ । तर उजुरी वा आरोप नै अन्तिम निष्कर्ष होइन । अध्ययन गर्दा संविधान, कानून र उचित प्रक्रियाको पूर्ण पालना गरिनेछ । यो विषय कुनै व्यक्ति विशेषसँग जोडिएको होइन । राज्यका संस्थालाई पारदर्शी, जवाफदेही र सुदृढ बनाउँदै तथ्य र प्रमाणका आधारमा लेखा समितिको साझा निष्कर्षमा पुग्नु हाम्रो उद्देश्य हो ।’

प्रमुख सचेतक महरले यो विषय कुनै व्यक्ति विशेषसँग जोडिएको नभएको बताउँदै उनले राज्यका संस्थालाई पारदर्शी, जवाफदेही र सुदृढ बनाउँदै तथ्य र प्रमाणका आधारमा लेखा समितिको साझा निष्कर्षमा पुग्नु आफूहरूको उद्देश्य भएको जिकिर गरेका छन् ।

0 Comments