काठमाडौँ । भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को निधन भएको छ। उनको ७५ वर्षको उमेरमा निधन भएको हो ।
भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा हृदयघात भएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। उनका छोरा मल्हार पाटेकरका अनुसार बिहान ५:२० बजे उनको कार्डियक अरेस्टबाट निधन भएको हो।
सन् १९५१ जनवरी १ मा जन्मिएका नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनले सन् १९७८ को चलचित्र ‘गमन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए।



