२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्यामा इबोला भाइरसको पहिलो संक्रमण पुष्टि: उच्च शतर्कता र निगरानी तिब्र

अ अ+ अ-

केन्या । केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च पारिएको छ । बन्डिबुग्यो प्रजातिको इबोला संक्रमणबाट एक बिरामीको मृत्यु भएपछि केन्याली स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ र निगरानीलाई युद्धस्तरमा अगाडि बढाएको छ । केन्याका स्वास्थ्य मन्त्रालयकाअनुसार मंगलवार इबोलाको पहिलो संक्रमण पुष्टि भएको हो ।

उक्त भाइरसबाट संक्रमित व्यक्तिको सोमवार राति मृत्यु भइसकेको छ र विश्व स्वास्थ्य संगठनको ‘सुरक्षित र मर्यादित अन्त्येष्टि’ प्रोटोकलअनुसार मंगलवार नै उनको शव व्यवस्थापन गरिएको छ।

स्वास्थ्य मन्त्रालयका क्याबिनेट सेक्रेटरी एडेन डुएलेकाअनुसार हालसम्म ५७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । तीमध्ये १० जनालाई क्वारेन्टाइनमा राखी उनीहरूको स्वास्थ्य अवस्थाबारे दैनिक निगरानी भइरहेको छ । बाँकी रहेका अन्य सम्पर्क व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । 

सार्वजनिक स्वास्थ्य सचिव मेरी मुथोनीले देशभरका स्वास्थ्य अधिकारीहरूलाई उच्च सतर्क रहन निर्देशन दिइएको बताउनु भयो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप क्वारेन्टाइन केन्द्रहरूको व्यवस्था र संक्रमितको यातायातका लागि विशेष टोली परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक प्याट्रिक अमोथकाअनुसार संक्रमणको जोखिम छिटो फैलन सक्ने भएकाले आगामी केही दिन निकै संवेदनशील छन् ।

 उनले थप संक्रमण रोक्न सम्पर्कमा आएका व्यक्तिहरूलाई तत्काल एउटै केन्द्रमा ल्याउनु अनिवार्य रहेको बताउनु भयो । हाल केन्याले छिमेकी मुलुकहरूसँगको १५ वटा सीमा नाकाहरूमा निगरानी कडा पारेको छ । सीमावर्ती क्षेत्रका जिल्लाहरूमा उपचार केन्द्रहरू स्थापना गरिएको छ भने अन्तर्राष्ट्रिय स्वास्थ्य नियमअनुसार विश्व स्वास्थ्य संगठनलाई आधिकारिक रूपमा जानकारी गराइएको छ । केन्याको यो सक्रियता छिमेकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा भइरहेको इबोलाको निरन्तर प्रकोपसँग जोडिएको छ । 

0 Comments