२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपूर्वमा लामो तैनाथीपछि अमेरिकी विमानवाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ स्वदेश फिर्ता

अ अ+ अ-

काठमाडौँ । इरानसँगको प्रत्यक्ष सैन्य द्वन्द्व र मध्यपूर्वको तनावपूर्ण क्षेत्रमा लामो समय तैनाथ रहेको अमेरिकी परमाणु शक्ति सम्पन्न विमानबाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ बिहीवार आफ्नो गृह बन्दरगाह सान डिएगो, क्यालिफोर्निया फर्किएको छ ।

अमेरिकी केन्द्रिय कमाण्ड(सेन्टकम) का अनुसार, करिव ५ हजारभन्दा बढी नौसैनिक र मरीन सैनिकहरू बोकेको उक्त स्ट्राइक ग्रुप आफ्नो लामो मिसन पूरा गरी स्वदेश फिर्ता भएको हो । सन् २०२५ को नोभेम्बर महिनामा सान डिएगोबाट प्रस्थान गरेको यो विशाल विमानबाहक जहाज जनवरी महिनामा मध्यपूर्वको क्षेत्रमा पुगेको थियो । 

तत्पश्चात फेब्रुअरी २८ बाट अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान इरानविरुद्ध केन्द्रित भएपछि यो जहाजले उक्त क्षेत्रमा रणनीतिक भूमिका निर्वाह गरेको थियो । अमेरिकी रक्षा अधिकारीहरूले यो तैनाथीलाई मध्यपूर्वमा सुरक्षा सन्तुलन कायम राख्न र इरानका पछिल्ला सैन्य गतिविधिहरूको प्रतिवाद गर्न आवश्यक रहेको जनाउँदै आएका थिए । स्ट्राइक ग्रुपमा रहेका हजारौँ सैनिकहरूले लामो समयसम्म चुनौतीपूर्ण समुन्द्री र लडाइँको वातावरणमा आफ्नो कार्यसम्पादन गरेका छन् । यो फिर्तीसँगै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य उपस्थितिको पछिल्लो अध्यायमा परिवर्तन आएको छ । 

अमेरिकी केन्द्रिय कमाण्डले सामाजिक सञ्जालमार्फत उक्त जहाज र त्यसका कर्मचारीहरूको सुरक्षा र मिसन पूरा भएको जानकारी दिएको हो । सान डिएगोमा जहाज आइपुग्दा सैनिकका परिवारजनहरूले उनीहरूको स्वागत गरेका थिए ।

0 Comments