२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

अ अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका ३१ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ती घटनाबाट ११ वटा चौपायासमेत क्षति भएको छ भने करिब रु २३ लाख १८ हजार ४०० बराबरको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २३ गते बिहान १०:०० बजेदेखि असोज २४ गतेसम्म देशका विभिन्न २९ स्थानमा विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनापश्चात् उद्धारका लागि १२० जना प्रहरी परिचालन भएका छन् ।

विभिन्न स्थानमा भएका विपद्का घटनामा घाइते भएकाहरूको सम्बन्धित क्षेत्रका अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा समेत नोक्सानी पुगेको छ ।

पछिल्लो समय मौसममा भइरहेको परिवर्तनका कारण विभिन्न स्थानमा विपद्का घटना हुनसक्ने जोखिम रहेकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

0 Comments