२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेत्रावतीमा ४० टन भारवहन क्षमताको पुल निर्माण सम्पन्न, सेनाद्वारा सडक आयोजनालाई हस्तान्तरण

भोटेकोसीको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा नेपाली सेनाले पाँच दिनमै ७३.२ मिटर लामो एक्रो ब्रिज जडान गरेको हो।

अ अ+ अ-

काठमाडौँ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

सेनाले आइतबार (असोज २५ गते) उक्त पुल सडक आयोजनालाई हस्तान्तरण गरेको हो।

गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा सेनाले बेत्रावतीमा एक्रो ब्रिज जडान गरेको हो।

पुल निर्माणका लागि सेनाले कठिन चट्टान फुटाएर करिब ३०० मिटर सडक खण्डमा पहुँच मार्ग निर्माण गरेको थियो। त्यसपछि असोज २० गते सुरु गरिएको पुल जडान कार्य असोज २४ गते सम्पन्न भएको हो।

निर्माण सम्पन्न पुलको भारवहन क्षमता ४० टन रहेको छ। पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ।

उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाका आसपासका क्षेत्रका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता पुग्ने विश्वास सेनाले व्यक्त गरेको छ।

0 Comments