२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

अ अ+ अ-

काठमाडौँ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा भएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन भएका तामाङलाई समाजका अध्यक्ष डा. उदयबहादुर राना मगर, संस्थापक अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल सरकारका पूर्वसचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्मान प्रदान गरे ।

सचिव तामाङले सरकारले दिएको जिम्मेवारीलाई इमानदरपूर्वक निर्वाह गर्ने संकल्प गर्दै प्राप्त शुभकामना र बधाईप्रति आभार व्यक्त गरे ।समाजका अध्यक्ष एवं रक्षा मन्त्रालयका सहसचिव राना मगरले नुवाकोटको औद्योगिक पार्क बन्न सक्ने भएकाले त्यसका लागि उद्योग मन्त्रालयबाट पहल गर्न आग्रह गरे । नुवाकोटमा हुने विकास निर्माणका लागि आफूहरूले जहाँ रहेर पनि समन्वय र सहजीकरण गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष डा. केसी, सचिवद्वय सिटौला र थपलिया, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डा. मनोज केसी, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराज केसी, गैह्र आवासीय नेपाली संघ (एनआरएनए), बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले नजिकिँदै दसैँहित विभिन्न चाडपर्वको शुभकामना दिँदै सचिव तामाङलाई कार्यकाल सफलताको कामना गरे ।

समाजका सचिव राजु प्याकुरेलले गत भदौ १० गतेको भोटेकोशी बाढीमा दिवंगत भएका नुवोट निवासी २० राष्ट्रसेवकका परिवारलाई समाजकातर्फबाट हालै प्रतिपरिवार रु २५ हजार राहत उपलब्ध गराइएको जानकारी दिए । समाजका कोषाध्यक्ष कृष्ण खतिवडाले नुवाकोटमा जन्म र बसोबास भई निजामती, सुरक्षा संगठनसहित लोकसेवा आयोगबाट पदपूर्ति हुने सङ्गठित संस्थाका कर्मचारीलाई आफूहरूले सामाजिक रूपमा जोड्दै आएको बताए । 

0 Comments