२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प-कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी

अ अ+ अ-

काठमाडौँ । उत्तर-पूर्वी इस्टोनियास्थित एउटा खानीको फोहोर थुपारिएको डाँडामा पुराना तथा कवाडी गाडीहरूको अनौठो र रोमाञ्चक मोटरस्पोट्र्स सम्पन्न भएको छ।

 स्थानीय भाषामा ‘रोमुराल्ली’ (स्क्र्याप-कार र्‍याली) भनिने यस प्रतियोगितामा इन्जिनको चर्को गर्जन र गाडीहरू एकापसमा ठोक्किँदा निस्किएको आवाजबीच ७० वटा पुराना सवारीसाधनले प्रतिष्पर्धा गरेका छन् । इस्टोनिया एलामुस्पार्क (अनुभव पार्क) को ६०० मिटर लामो ट्रयाकमा आयोजित यस र्‍यालीले परम्परागत रेसिङ र साहसिक स्टन्टलाई एकसाथ प्रस्तुत गरेको थियो । 

फोहोर ढुङ्गा-माटोको डाँडामा तयार पारिएको घुमाउरो ट्रयाकमा पुराना गाडीहरूले पाङ्ग्रासँग पाङ्ग्रा जुधाउँदै रोमाञ्चक प्रतिस्पर्धा गरेका हुन् । सहभागी हुनका लागि आयोजकले कडा प्राविधिक नियमहरू निर्धारण गरेका थिए । दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सबै कारका बत्ती, ऐना र अधिकांश सिसा अनिवार्य रूपमा हटाइएको थियो । गाडीको बडी वा च्यासिसलाई थप बलियो बनाउन प्रतिबन्ध लगाइएको भए पनि प्रभावकारी ब्रेक, सिट बेल्ट र अग्निनियन्त्रक उपकरण (फायर एक्स्टिंग्विसर) भने अनिवार्य गरिएको थियो ।

 प्रतियोगिताप्रति दर्शक र चालकहरूको उत्साह यति उच्च थियो कि शुरुवाती ६० वटा कोटा तत्काल भरिएपछि आयोजकले थप १० वटा कोटा थप्नुपरेको थियो । प्रतिस्पर्धामा उत्रिएका कतिपय चालकको मुख्य लक्ष्य सबैभन्दा धेरै ल्याप (फन्को) पूरा गर्नु थियो भने कतिपयका लागि अन्य गाडीलाई ठक्कर दिनु नै मुख्य आकर्षण बनेको थियो । चालक आर्तुर स्मिर्नोभले ल्याप पूरा गर्नुभन्दा गाडी ठोक्काउनुमा बढी मज्जा आउने बताए । गाडीहरू एकापसमा जुध्दा पनि क्षतिग्रस्त सवारीलाई ट्रयाकमा निरन्तर कुदाइराख्नु चालकहरूका लागि अर्को ठूलो चुनौती थियो । अन्तिम चरणको प्रतिस्पर्धामा सबै चालु अवस्थाका गाडीहरू प्रवेश गरेका थिए । 

बराबर ल्याप पूरा गर्ने प्रतिस्पर्धीहरूको हकमा समय गणना गरी अन्तिम नतिजा निकालिएको थियो । ट्रयाक बाहिर डाँडाबाट गाडीलाई तल गुल्ट्याएर देखाइएको ‘कार बलिङ’ स्टन्टले दर्शकहरूलाई थप मनोरञ्जन दिएको थियो। कवाडीमा परिणत हुन लागेका पुराना गाडीहरूलाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने यो इभेन्ट दर्शक र खेलाडी दुवैका लागि आकर्षक बनेको छ । रासस 

0 Comments