काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । उनी आज दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत भारत प्रस्थान गरेका हुन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत आयोजना हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत गएका हुन् ।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुँदै छन् ।



