२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतका लागि प्रस्तावित राजदुत जबराको कार्ययोजना: आर्थिक कूटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

अ अ+ अ-

काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदुत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कूटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा कार्य योजना प्रस्तुत गर्दै पूर्व प्रधानसेनापति समेत रहेका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गरेका हुन् । जबराले आफूलाई सेनाको पूर्व नेतृत्वकर्ताका रूपमा मात्र सीमित नराखी नेपाल सरकार र नेपाली जनताको प्रतिनिधि भएको बताए ।  सन् १८१६ देखि कायम नेपाल–बेलायत कूटनीतिक सम्बन्धलाई २१ औँ शताब्दीको आवश्यकताअनुसार नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने गरी अघि बढाउने उनले बताए । 

जबराले आफ्नो कार्यकालका लागि पाँच मुख्य प्राथमिकता तय गरेका छन् । पहिलो, आर्थिक कूटनीति अन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने, दोस्रो, हरित अर्थतन्त्र, हिमाली जैविक विविधता र वातावरणीय संरक्षणका क्षेत्रमा साझेदारी गर्ने, तेस्रो, बेलायतस्थित नेपाली समुदायलाई नेपालको विकासका लागि ‘सेतु’का रूपमा परिचालन गर्ने,चौथो, संसदीय तथा सार्वजनिक कूटनीतिलाई व्यापक बनाउने, र पाँचौँ, ब्रिटिस गोर्खा सैनिकसँग जोडिएका विषयहरूलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्राथमिकता रहेका छन् । 

आफ्नो लामो सैनिक सेवाकाल र अनुभवले बेलायतसँगको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘संस्थागत निरन्तरता र राष्ट्रिय हितको प्रवर्द्धन नै मेरो मुख्य ध्येय हुनेछ ।’ 

बेलायतसँगको गोरखा सम्बन्धलाई सम्मान गर्दै उनले आफ्नो सैन्य पृष्ठभूमि र रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कूटनीतिमा सहजता ल्याउने संकेत गरे । 

0 Comments