२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ’- सञ्चार मन्त्री तिमिल्सिना

अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक रहेको बताए । सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पुर्‍याउने तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्त्व बढेको उनको भनाई छ । उनले हुलाक सेवामा रहेका समस्याहरूलाई समाधान गर्दै जाने बताए । बजेट र प्रविधिसम्बन्धी सिमितताका कारण एकै पटक सबै क्षेत्रमा सुधार गर्न सम्भव नभए पनि क्रमशः उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर सेवालाई सहज बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रो जुन हुलाक प्रणाली ऐतिहासिक छ, यसका आफ्नै क्षमता र कमजोरीहरू होलान् । एक किसिमले चलिराको हुलाकलाई नयाँ सरकार आएर सरकारी कुरियर सेवाको रूपमा काम गर्नुपर्छ भनेर लागेको छ, यसमा तपाईँहरूले काम गरिराख्नु भएको छ । रातारात सबै सुधार हुँदैन, तर सुधार हुँदै गएको छ । सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत घर घरमा पासपोर्टहरू पुगेको छ । अन्य सामग्रीहरू पनि डेलिभरी हुन थालेको छ । यसले हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दो रहेछ भन्ने खालको सन्देश जनमानससम्म जान थालेको छ, त्यो सकारात्मक कुरा हो । जतिसुकै शक्तिशाली, आधुनिक देशहरूमा पनि हुलाक खारेज भएको छैन । हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, कामको प्रकृति फरक भएको होला, तर हुलाक खारेज भएको छैन भने देखि हाम्रो देशमा हुने कुरै भएन । आगामी दिनमा हामी सबैको मेहनतले हुलाकलाई अझ उठाउनुपर्छ । हामी हाम्रा कमजोरीहरूमा टेकेर नै उठ्ने हो, हाम्रो क्षमता पनि सीमित छ । त्यो एकै चोटि धेरै कुरा आर्थिक रूपमा पनि गर्न सकिँदैन । त्यो बजेटको कुरा होस् अथवा प्रविधिको कुरा होस्, तर हामी सही बाटोमा लाग्नुपर्‍यो । शतप्रतिशत दिनुपर्‍यो, हुलाकको क्षमता अभिवृद्धिको लागी, हुलाकलाई माथि उठाउनको लागि मन्त्रालय र समग्र सरकार एकदमै सकारात्मक छ । हुलाकलाई जनताको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा विकास गर्नको लागि सरकार तयार छ, प्रतिबद्ध छ ।’

हुलाक सेवालाई प्रभावकारी बनाउन कर्मचारीदेखि नेतृत्व तहसम्म सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाई छ । संस्थाको सुधारमा मन्त्रालय र समग्र सरकार सकारात्मक रहेको उनले बताए । उनले हुलाकलाई आवश्यक सवारी खरिद प्रक्रियालाई अगाडी बढाउने पनि जानकारी दिए । साथै हुलाकमा रहेका अतिरिक्त कर्मचारीको बारेमा आवश्यक निर्णय गर्ने उनको भनाई छ । उनले आगामी दिनमा हुलाक सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने गरी अध्ययन गर्ने बताए । 

0 Comments