२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री खनालसँग राजदूत सुकलालको भेट

अ अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो ।

उनहरूबीच नेपालमा हालै आएको विनासकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिएका छन् । 

जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उनहरूले जोड दिएका थिए ।

0 Comments