२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ महिनामा थपिए ८० जना एचआइभी संक्रमित

अ अ+ अ-

चितवन । जिल्लामा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स संक्रमित थपिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनले २२३ जनामा गरेको परीक्षणका क्रममा उनीहरूमा रोगको सङ्क्रमण देखिएको हो । यस अवधिमा नयाँ भेटिएका सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एड्सविद्धको औषधि सेवन गर्न थालेका छन् । ११ जना जिल्ला बाहिरबाट आएका हुन् । योसँगै अहिले फाउन्डेसनबाट एआरटी औषधि सेवन गर्ने एक हजार २९३ जना बिरामी पुगेका छन् ।

अस्पतालका फिजिसियन डा प्रमोद पौडेलका अनुसार सङ्क्रमितहरूमा गरिएको यौन रोग परीक्षणका क्रममा ५२ जनामा यौन रोगको समेत सङ्क्रमण देखिएको छ । एक हजार १६१ जनाको परीक्षणका क्रममा उनीहरूमा यौन रोग देखिएको हो । संक्रमण देखिएकाहरूको उपचार गरिएको उनले जानकारी दिए। उनले भने, “पछिल्लो समय सरकारी तवरबाट कण्डम उपलब्ध हुन नसक्दा बिनासावधानी यौन सम्पर्क गर्ने ती समूहमा यौन रोग तथा भिरिङ्गी देखिएको हो ।”

यस्तै एड्स सङ्क्रमितहरूमा क्षयरोगको समस्या पनि देखिने गरेको उनले बताए। एक सय ४८ जनाको खकार परीक्षणका क्रममा १५ जनामा क्षयरोग देखिएको उनले बताए। जनवरीदेखि हालसम्म नियमित औषधि खाइरहेकामध्ये तीन जनाले औषधि सेवन गर्न छाडेको र सम्पर्कमा पनि नआएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सो समयमा औषधि लिन आउने, गरिब, वृद्ध तथा एकल महिलामध्ये एक हजार २११ जनालाई यातायात, प्रयोगशाला, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ । नियमित औषधि सेवन गरे सङ्क्रमणबाट जोगिन सकिने उनले बताए । 

0 Comments