काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल,स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य सङ्घीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ ।
मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो ।
पत्रमा विभाग,प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ ।
सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको हो ।



