चितवन । करिब १३६ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको मकवानपुर भीमफेदी गाउँपालिका–४ पान्द्राङ बस्ने २७ वर्षीय रन्जित सुनार रहेका छन् ।
भरतपुर महानगरपालिका–२९ जुगेडीबाट अवैध लागुऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्रामसहित सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रन्जितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



