२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

अ अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा  नयाँ उत्पादनमा रोक लगाएको छ ।

यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञा पत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका ४७ थरिका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो । 

यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको बिक्री वितरणमा भने रोक नलगाइएको जनाएको छ । ‘इम्युनो सपे्रस्यान्ट’ वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ को जोखिम न्यूनीकरण गर्न लागि विभागको जोखिम मूल्याङ्कनसम्बन्धी २०८३ जेठ २१ गते जारी गरिएको सार्वजनिक सूचनाबमोजिम कार्य हुँदै आइरहेको थियो ।  

जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिहरूको सन्दर्भमा उक्त औषधिहरूको आपूर्ति शृङ्खलाको सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन पैठारी अनुमति प्राप्त गरेका औषधिहरूको आयात गर्दा सोको प्रज्ञापन पत्रसहित हालको मौज्दात विवरण सम्बन्धित उत्पादक र पैठारीकर्ताले यस विभागमा अविलम्ब पेस गर्नसमेत अनुरोध गरेको छ । 

तर, त्यस्ता औषधिहरूको प्रयोगबाट कहीँ, कतै, कुनै व्यक्तिमा प्रतिकूल असर पर्न गएमा सोको सम्पूर्ण जिम्मेवारी औषधि प्रदान गर्ने निकाय व्यक्ति र प्रयोग गर्ने व्यक्तिले नै लिनुपर्नेछ ।

0 Comments