काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत जेक्युङ पार्कले शिष्टाचार भेट गरेका छन् ।
उनको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गरेका हुन् । त्यस अवसरमा उनीहरूबीच आपासी हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



