२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा लागू औषधका ४०६ मुद्दा दर्ता

अ अ+ अ-

सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढिरहेको पाइएको छ । 

इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म लागू औषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् । 

प्रहरीको तथ्यांकअनुसार तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका थिए । यसबाट पनि लागू औषधको प्रयोग र कारोबारको मात्रामा वृद्धि भएको अनुमान गर्न सकिन्छ । 

इलाका प्रहरी कार्यालयका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए । त्यसैगरी, गत आर्थिक वर्ष २०८२/८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म विभिन्न कसुरका १६१ मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा १०३ पुरुष र आठ महिला गरी १११ जना पक्राउ परेको प्रमुख राईले बताए।

यस्तै, अभद्र व्यवहार, बैङ्किङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबरजस्ती करणीलगायतका विभिन्न कसुरमा मुद्दा दर्ता भएका छन् ।

प्रमुख राईका अनुसार लागू औषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ । उमेरका आधारमा १५ देखि ५५ वर्ष समूहका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ ।

लागूऔषध कारोबारीले सवारीसाधनमा लुकाएर, फल्स बटम बनाएर तथा शरीरका विभिन्न भागमा लुकाई छिपाई लागूऔषध ओसारपसार र बिक्री वितरण गर्ने गरेको पाइएको उनले जानकारी दिए ।

0 Comments