२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा नयाँ लुगा नलाई चित्तै बुझ्दैन

अ अ+ अ-

काठमाडौँ । बडादसैँलगायत चाडपर्व मनाउन काठमाडौँ उपत्यका बाहिर घर फर्कनेक्रम सँगै लत्ताकपडासहित घरायसी सामाग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भीड लागेको छ । 

दसैँ, तिहार र छठलगायत महत्त्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका बजारमा किनमेल गर्नेको भीडभाड बढेको हो । विगतमा झैँ अहिले काठमाडौँको मुख्य व्यापारिक क्षेत्र, सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा स्थानीय पसलमा ग्राहकको आवागमन बढेको छ ।  

रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौँमा बस्दै आएका मानिस चाडपर्व मनाउन घर फर्कने तयारीमा जुटेका छन् । नयाँ लुगा लगाउने रहरले गुल्मी घर भएकी जानकी ज्ञवालीलाई काठमाडौँको न्युरोडमा पुर्‍याएको छ । 

दसैँका लागि लत्ताकपडा खरिद दसैँमा बजारसम्म पुगेकी ज्ञवालीले भनिन्, “दसैँमा नयाँ लुगा नलगाए चित्तै बुझ्दैन, सस्तो र राम्रो लुगा खोज्दै छु । दसैँको रमाइलो नै यही त हो ।” 

काठमाडौँको बजारमा १०० देखि लाखौँ मूल्यसम्मका सामग्री उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार किनमेल गरिरहेको उनको अनुभव छ । “काठमाडौँमा गरिबदेखि धनीसम्म सबैले आफ्नो क्षमताअनुसार सामान किन्न सक्ने बजार छ । यो राम्रो पक्ष हो”, ज्ञवालीले भनिन् ।

चाडपर्व लक्षित छुट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरेको छ । शङ्खमूल टावरमुनि कपडाको सेल बजार सञ्चालन गरिरहेकी व्यापारी आन्सिका थापाले चिसो मौसम सुरु हुन लागेकाले जाडोमा लगाउने कपडा छुटमा बिक्री गरिरहेको बताइन् ।

दसैँ, तिहार र छठमा उपत्यका बाहिर जाने आफ्नो पसलका मुख्य ग्राहक रहेको उनको भनाइ छ । दसैँको घटस्थापनादेखि सुरु भएको व्यापार अष्टमीसम्म मानिसको चहलपहल हुने गरेको थापाले बताइन् ।

चाडपर्वमा घरपरिवार र आफन्तका लागि कोसेली लैजाने चलनले पनि बजारमा किनमेल बढाएको छ । न्युरोडमा घर लैजान पुष्टकारी किन्दै गरेका डोटीका मोहन पनेरुले दसैँका लागि आवश्यक मसलासमेत काठमाडौँबाटै किनेर लैजाने गरेको बताए । 

तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले काठमाडौँबाटै किनेर लैजाने गरेको बताए । गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले काठमाडौँबाटै सामान किन्ने गरेको उनको भनाइ छ ।

“मसला लगेपछि घरमा बा आमा खुसी हुनुहुन्छ, “दसैँ आएको महसुस गर्नुहुन्छ”, पनेरुले भने । यता, ललितपुरको लगनखेलस्थित मङ्गल बजारमा पनि चाडपर्व लक्षित किनमेल गर्नेको चहलपहल निकै बाक्लो छ । सामान्य अवस्थामा पनि व्यस्त रहने त्यस बजारमा अहिले ग्राहकको भीड थेगिनसक्नु छ ।

ललितपुरको मङ्गल बजारमा तीन दशकदेखि कपडा व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दसैँमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको अनुभव सुनाए । बाढी पहिरोलगायत विपद्को प्रभाव, बढ्दो महँगी र आर्थिक सङ्कटका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उनको भनाइ छ । “सामानको मूल्य चर्को छ”, उनले भने, “विशेष छुटमा राखेका सामानसमेत बिक्री गर्न चुनौती छ ।”

चाडपर्वमा बजारमा चहलपहल बढे पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायीको व्यापारिक अपेक्षाबिच तालमेल देखिन्न ।

0 Comments