३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो ।

भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, “पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ । यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ ।” 

उनले रातिको समयमा जङ्गली हात्ती, गैँडालगायत वन्यजन्तु बस्ती प्रवेश गरेर अन्नबालीमा क्षति गर्ने गरेकाले यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाईंलगायत वन्यजन्तुको सम्भावित जोखिमबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने वडाध्यक्ष चौधरीको भनाइ छ । 

कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाले मानव–वन्यजन्तु सह–अस्तित्वका लागि पूर्वसूचना प्रणाली प्रभावकारी हुने बताए। “पूर्वसूचना प्रणालीमा क्यामेरा जडान गरिएको छ, निकुञ्जबाट जङ्गली जनावर बस्ती पस्दा फोटो खिच्छ र साइरन बच्छ”, उनले भने, “निकुञ्जका कर्मचारी, सेनाको सुरक्षा पोष्ट र बस्तीका मानिस गरी ४० जनाको मोबाइलमा सन्देश आउँछ ।” 

उनले यसले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि महत्त्वपूर्ण सहयोग पुग्ने बताए। कनेक्ट परियोजना र भीमदत्त नगरपालिकाको करिब दश लाख साझेदारीमा उक्त प्रणाली जडान गरिएको उनले बताए। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट रातिको समयमा जङ्गली हात्ती, चितुवा, गैँडा र बँदेलले किसानको अन्नबालीमा ठुलो नोक्सानी पुर्‍याउँदै गरेका छन् । किसानले पूर्वसूचना पाउँदा बाली जोगाउन र सुरक्षित रहन सहयोग पुग्ने विश्वास गरिएको छ ।

0 Comments