३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

अ अ+ अ-

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन् । 

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरे । 

प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर मारिएको घटना’, ‘अफ्सना बस्नेतको अपहरण तथा हत्या’ र ‘विशाल चन्द ठकुरीको हत्या’मा संलग्न फरार अभियुक्तलाई पक्राउ गरी सफल अनुसन्धान गरेको थियो । 

गृहमन्त्री गुरुङले ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत  प्रहरी सहायक हबल्दार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाशसिंह महरालाई प्रदान गरे । 

यस्तै ‘मोतिलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कारबाट इलाका प्रहरी कार्यालय रातापानी मुगुमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढा पुरस्कृत भए। उक्त पुरस्कारको राशी रु ५१ हजार रहेको छ । 

यस वर्षको ‘मोतिकला मिथिला अमर प्रहरी छात्रवृत्ति’ अशक्त प्रहरी नायब निरीक्षक हितबहादुर तामाङकी सुपुत्री विदुर नगरपालिका–११ घर की छात्रा आशिका लामा र अमर प्रहरी जवान विन्देश्वर साहका सुपुत्र सर्लाहीको विष्णुपुर गाउँपालिका–६ का अनजयकुमार साहलाई प्रदान गरियो । सो छात्रवृत्तिको राशि वार्षिक रु एक लाख रहेको छ । 

कार्यक्रममा गृहमन्त्री गुरुङले ‘अच्युत मीना अमर प्रहरी पुरस्कार’  अमर प्रहरी पदमबहादुर साउँदको सुपुत्र कैलालीका विप्लव साउँद र अमर प्रहरी रामबहादुर साउँदको सुपत्री अछामकी रञ्जना साउँद तथा ‘अच्युत मीना अमर प्रहरी छात्रवृत्ति’ अमर प्रहरी शेरसिंह साउँदको सुपुत्र बैतडीका अनिल साउँद र अमर प्रहरी रामबहादुर साउँदकी सुपुत्री कैलालीकी नवीना साउँदलाई जनही रु ५१ हजारको पुरस्कार र छात्रवृत्ति प्रदान गरे । 

त्यसअघि गृहमन्त्री गुरुङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । नेपाल प्रहरीको एक टुकडीले गृहमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रहरीलाई विभिन्न कार्यालय स्थापनाका लागि यस वर्ष ३५ सहित ४२८ जनाले जग्गा दान गरेको सो कार्यक्रममा जानकारी दिइयो । विभिन्न कालखण्डमा एक हजार ७९८ अमर प्रहरीले कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गरेका छन् । 

यस वर्ष प्रहरी नायब निरीक्षकसहित पाँच जनाले वीरगति प्राप्त गरेको छ भने २५ जना प्रहरी कर्मचारी बेपत्ता भएका छन्  ।

0 Comments