३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्यो: ‘भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ’

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । 

शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताएकी हुन् ।

 प्रमुख सचेतक थापाले कानूनमन्त्री सोविता गौतमले विगतमा आफैँले उठाएको संशोधनको एजेण्डा र अहिले सरकारमा रहँदा लिएको अडान विरोधाभासपूर्ण रहेको भन्दै आलोचना गरिन् ।

उनले भनिन्, ‘अहिलेको हाम्रो वर्तमान कानून मन्त्रीज्यु आफैँले हिजो राख्नुभएको संशोधन, हिजो राम्रो हिजो राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्ने कुराहरू पनि यहाँ धेरै कुराहरू उब्जिएको छ र अध्यादेश ल्याएर हिजो अध्यादेश ल्याउँदा खेरी यही भूमिसम्बन्धी अध्यादेश ल्याउँदा खेरी पनि नेपाली काँग्रेसले त्यतिबेलामा यसको विरोध नै जनाएको थियो । यसलाई दफादार रूपमा छलफलमा ल्याएर, सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी त्यतिबेलामा पनि अडिग थियौँ र आज पनि नेपाली काँग्रेस यो भूमिको जुन अध्यादेश ल्याइयो छलफल गरेर सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्ने थियो भन्ने कुरामा हामी त्यही नै छौँ ।’

नेपाली काँग्रेसले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराउँदै थापाले अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत् छलफल गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिए । 

0 Comments