३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति: विदेशी खेलाडीलाई एनओसी अनिवार्य, कडा एन्टी-करप्सन नियम लागू हुने

अ अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आधिकारिक स्वीकृति (स्याङ्सन)प्राप्त भएको जनाएको छ । 

आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ भने प्रतियोगितालाई निष्पक्ष बनाउन आईसीसीको एन्टी–करप्सन कोड कडाइका साथ लागू गरिने भएको छ । क्यानद्वारा शनिवार त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव पारस खड्काले आईसीसीको स्वीकृतिसँगै एनपीएलको गरिमा र विश्वसनियता अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताए ।

 आईसीसीको प्रावधानअनुसार प्रतियोगिता शुरु हुनुभन्दा ६ महिनाअघिसम्म कुनैपनि गैरकानूनी वा अस्वीकृत(डिसएप्रुभ्ड) क्रिकेट खेलेका खेलाडी एनपीएल खेल्न योग्य हुने छैनन् । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीहरूले समेत आफ्नो घरेलु बोर्डसँग समन्वय गरी एनओसीको प्रावधान पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । फ्रेन्चाइज क्रिकेटमा म्याच फिक्सिङ तथा स्पट फिक्सिङको जोखिम उच्च रहने उल्लेख गर्दै क्यानले प्रतियोगिताभर आईसीसीको एन्टी–करप्सन युनिट (एसीयू)को नियम पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ । नेपालमा यससम्बन्धी छुट्टै कानून निर्माणको प्रक्रियामा रहे पनि एनपीएल अवधिभर आईसीसीको अन्तर्राष्ट्रिय आचारसंहिताअनुसार अनुसन्धान र कारबाहीको दायरा तय हुनेछ । यसबाट खेलाडी, टिम मालिक तथा अन्य सरोकारवालाहरू थप शतर्क र जिम्मेवार बन्नुपर्ने क्यानको भनाइ छ । एनपीएलको आधिकारिक टी–२० मान्यता (स्ट्याटस) को विषयमा आईसीसीसँग औपचारिक पत्राचार भइसकेको र आउँदो सोमबारसम्म प्राविधिक स्पष्टता आइसक्ने जानकारी दिइएको छ । 

यसैगरी प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दुईदेखि तीन दिनभित्र यसबारे आधिकारिक निर्णय सार्वजनिक गरिने सचिव खड्काले बताए । खेलाडी नियमतर्फ प्रत्येक फ्रेन्चाइजले टोलीमा अधिकतम ८ जनासम्म विदेशी खेलाडी अनुवन्ध गर्न पाउनेछन् भने प्लेइङ–११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य रहनेछन् । 

यसैबीच क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा ‘आईसीसी एसिया कन्फ्रेन्स’ आयोजना गर्न लागेको जानकारीसमेत दिएको छ । एशियाका टेस्ट र एसोसिएट राष्ट्रका अध्यक्ष, सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू सहभागी हुने उक्त तीन दिने सम्मेलनले एसियाली क्रिकेटको नीतिगत विकासमा छलफल गर्नेछ । सोही अवसरमा विदेशी प्रतिनिधिहरूलाई एनपीएलको फाइनल खेल अवलोकन गराउँदै नेपाली क्रिकेट र आतिथ्यताको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने क्यानको योजना छ ।

0 Comments