१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्द्रे रसेलको आगमनले विराटनगर किङ्समा नयाँ उत्साह, एनपीएलमा विस्फोटक ब्याटिङको प्रतीक्षा

अ अ+ अ-

काठमाडौँ। विश्व क्रिकेटमा विस्फोटक ब्याटिङ र प्रभावशाली बलिङका कारण चर्चित वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सको जर्सीमा देखिने भएका छन् ।

विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेसँगै नेपाली क्रिकेट समर्थकमा उत्साह थपिएको छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा स्थापित रसेलको सहभागिताले एनपीएलको आकर्षण र प्रतिस्पर्धात्मक स्तर थप बढ्ने अपेक्षा गरिएको छ ।

आक्रामक ब्याटिङ, डेथ ओभरमा प्रभावकारी बलिङ र उत्कृष्ट फिल्डिङका लागि परिचित रसेल विश्वका विभिन्न प्रतिष्ठित टी–२० लिगमा खेलिसकेका अनुभवी खेलाडी हुन् । उनले वेस्ट इन्डिजका लागि ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् ।

रसेलको आगमन विराटनगरका लागि खेलाडी अनुबन्धनमा मात्र सीमित नभई टोलीको ब्याटिङ र बलिङ दुवै पक्षलाई सन्तुलित बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । विशेषगरी अन्तिम ओभरहरूमा तीव्र गतिमा रन बनाउने उनको क्षमताले विराटनगरको प्रदर्शनमा निर्णायक भूमिका खेल्न सक्नेछ ।

विश्व क्रिकेटका चर्चित खेलाडीहरू नेपाली मैदानमा उत्रिने क्रम बढेसँगै एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आकर्षित गर्ने अवसरसमेत पाएको छ । रसेलको सहभागिताले युवा नेपाली खेलाडीलाई अनुभवी अन्तर्राष्ट्रिय स्टारसँग ड्रेसिङ रुम साझा गर्ने र खेल कौशल सिक्ने अवसर प्रदान गर्नेछ ।

विराटनगर किङ्सले रसेलको अनुभव र आक्रामक खेलशैलीलाई उपयोग गर्दै तेस्रो संस्करणमा बलियो चुनौती प्रस्तुत गर्ने लक्ष्य राखेको छ । 

0 Comments