३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा

अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा संसद्को नियन्त्रण निर्धारण गर्ने मध्यावधि निर्वाचनमा नोभेम्बर ३ मा मतदान हुँदैछ ।

बढ्दो जीवनयापन खर्च, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्रेटहरूलाई रिपब्लिकनका बलिया क्षेत्रमा समेत चुनौती दिने अवसर दिएको छ । तर निर्वाचन क्षेत्रको पुनःसीमांकन र चुनावी खर्च वृद्धिले परिणाम अनिश्चित बनाएको छ ।

सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटका ४७ सदस्य छन् । माथिल्लो सदनको नियन्त्रण लिन डेमोक्रेटहरूले चार सिटको खुद लाभ हासिल गर्नुपर्नेछ । प्रतिनिधिसभाका सबै ४३५ सिटमा निर्वाचन हुँदैछ । बहुमतका लागि डेमोक्रेटहरूले कम्तीमा २१८ सिट जित्नुपर्नेछ ।

सिनेटका लागि नर्थ क्यारोलिना, टेक्सास, ओहायो, मेन, अलास्का, आयोवा, कन्सास र मिशिगनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । नर्थ क्यारोलिनामा रोय कुपर र माइकल ह्वाटली, टेक्सासमा जेम्स तालारिको र केन प्याक्सटन तथा ओहायोमा सेरोड ब्राउन र जोन हस्टेडबीच प्रतिस्पर्धा छ । मेनमा रिपब्लिकन सुसान कोलिन्स, अलास्कामा डेमोक्रेट मेरी पेल्टोला र आयोवामा एश्ले हिन्सन तथा जोश टुरेकको प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।

कन्सासमा डेमोक्रेट एडम ह्यामिल्टनले रिपब्लिकन रोजर मार्सललाई चुनौती दिएका छन् । मिशिगनमा रिपब्लिकन माइक रोजर्स र डेमोक्रेट अब्दुल एल–सायेदबीच प्रतिस्पर्धा हुँदैछ । यी परिणामले सिनेटको नियन्त्रणमा निर्णायक प्रभाव पार्न सक्छन् ।

प्रतिनिधिसभातर्फ न्युयोर्क, नेब्रास्का, पेन्सिलभेनिया, न्यु जर्सी, भर्जिनिया र आयोवाका निर्वाचन क्षेत्र महत्त्वपूर्ण मानिएका छन् । भर्जिनियाका रिपब्लिकन बहुल क्षेत्रमा डेमोक्रेटहरूको सम्भावित जितले देशव्यापी चुनावी लहरको संकेत दिन सक्छ । तर अलाबामा र टेक्सासका केही क्षेत्रमा डेमोक्रेटहरूले आफ्ना सिट जोगाउनुपर्ने चुनौती पनि छ ।

यस निर्वाचनमा ३६ राज्यले गभर्नर चयन गर्दैछन् । टेक्सासमा डेमोक्रेट जिना हिनोजोसाले रिपब्लिकन ग्रेग एबटलाई, ओहायोमा एमी एक्टनले विवेक रामास्वामीलाई चुनौती दिएका छन् । नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डोले डेमोक्रेट आरोन फोर्डको सामना गर्दै छन् । यी प्रतिस्पर्धाले पनि रिपब्लिकनको राजनीतिक पकड र ट्रम्पको लोकप्रियताको अवस्था मापन गर्नेछन् ।

0 Comments