५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने मन्त्री लम्सालको प्रतिबद्धता

अ अ+ अ-

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् ।

गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकीको बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी-दरवाङ-ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरूसँग मन्त्री लम्सालले विपद्पछिको पुनर्निर्माणमा बजेटको कमी हुन नदिने बताए ।

“कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकीको बाढी, पहिरोलगायत विपद्बाट क्षति पुगेका देशभरका भौतिक संरचनाको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ, बजेटको अभाव हुँदैन,” मन्त्री लम्सालले भने, “जतिसक्दो छिटो सर्वेक्षण र लागत अनुमानको काम सकेर बजेट माग गर्नुहोस्, पुनर्निर्माणमा ढिलाइ हुन नदिन सरकार सचेत छ ।”

पुनर्निर्माणका लागि आवश्यक पर्ने नदीजन्य स्रोतको व्यवस्थापनमा सहजीकरण गर्न मन्त्री लम्सालले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । उनलाई कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बाढीपहिरोका कारण करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुगेको र पुनर्निर्माणका लागि करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी गराएका थिए ।

मन्त्री लम्साललाई बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी र उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयोजना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । यसैगरी, बेनी नगरपालिका-४ सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बाढीका कारण क्षतिग्रस्त कुण्डको पुनर्निर्माणका लागि बजेट माग गरे ।

खानेपानी र तातोपानी कुण्डका प्रतिनिधिलाई मन्त्री लम्सालले व्यवस्थित योजना बनाएर बजेटका लागि पेस गर्न आग्रह गरे । मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-ढोरपाटन सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोका कारण यातायात सञ्चालनमा देखिएको असहजता समाधान गर्न सरकारको ध्यानाकर्षण भएको बताए ।

म्याग्दीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि मन्त्री लम्सालको टोली मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि बागलुङ गएको प्रजिअ गैरेले बताए ।

0 Comments