७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको सिजाङमा ७ म्याग्निच्युडको भूकम्पपछि उद्धार जारी, १६ जनाको मृत्यु, ७६ घाइते

अ अ+ अ-

एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ । नाग्छु सहरअन्तर्गत बाछेन काउन्टीमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेका मानिसको खोजी गर्न अग्नि नियन्त्रक तथा उद्धारकर्मीले तालिमप्राप्त कुकुरसहित खोजी गरिरहेका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार शुक्रवारसम्म भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । भूकम्प प्रभावित गाउँहरूमा उद्धार टोलीले तीन चरणमा खोजी कार्य पूरा गरिसकेको छ । उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको अधिकारीहरूले बताएका छन् । भूकम्प प्रभावित क्षेत्रबाट १२ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । 

विस्थापित नागरिकलाई आश्रय दिन अस्थायी शिविर निर्माण गरिँदै छ भने चिसो मौसमबाट जोगाउन आवश्यक राहत सामग्रीसमेत वितरण भइरहेको छ । स्थानीय समयअनुसार बिहीवार राति १० बजेर ३३ मिनेटमा बाछेन काउन्टीमा भूकम्प गएको थियो । भूकम्पबाट प्रभावित क्षेत्रमा सम्भावित जोखिममा रहेका नागरिकको खोजी, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक सहायता उपलब्ध गराउने काम भइरहेको छ ।

0 Comments