७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौरिससका श्रम मन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट

अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन्।

मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा त्यहाँ कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारी पत्रको प्रभावकारी कार्यान्वयन तथा श्रमिकका लागि सुरक्षित, सम्मानजनक र न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।

साथै, श्रमसम्बन्धी विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै दुई देशबिचको सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उपनेता पराजुलीले बताए।

नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयले पनि छलफलमा महत्त्व पाएको थियो।

यस क्रममा कूटनीतिक उपस्थितिको आवश्यकता र सम्भावना तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको उनले बताए।

भेटमा श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो। नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यका माध्यमबाट जोड्दै दुवै देशबिच पर्यटकीय आदानप्रदान प्रवर्द्धन गर्न सकिने विषयमा विचार आदानप्रदान गरिएको थियो।

त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्दै धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि चर्चा भएको थियो।

भेटका क्रममा उपनेता पराजुलीले आत्मीय स्वागत र सार्थक संवादका लागि मन्त्री उतेमप्रति धन्यवाद व्यक्त गर्दै नेपाली श्रमिकको हित संरक्षण तथा श्रम, पर्यटन र सांस्कृतिक सहकार्यका माध्यमबाट नेपाल–मौरिसस सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

0 Comments