७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको संकेत 

अ अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने संकेत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन् ।

फ्लोरिडामा आयोजित एक र्‍यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताए।

“इरानले अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन । हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ,” उनले भने, “हामी पूरै देश नै कब्जा गर्न सक्छौँ ।”

इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने बताए।

“हामी यसलाई निकै छिटो अन्त्य गर्न सक्छौँ । प्रश्न यो हो-के हामी यसलाई पूर्ण रूपमा टुङ्ग्याउन चाहन्छौँ वा आफैँ कमजोर हुँदै जान दिने होरु” उनले भने ।

पछि फ्लोरिडामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न सकिने संकेत गरे । 

“हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ,” उनले भने । ‘एपिक फ्युरी’ नाम अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग समन्वय गर्दै इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ ।

अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो ।

यद्यपि, इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न ट्रम्पले अन्तिम स्वीकृति दिनुहुन्छ वा दिनुहुन्न भन्ने विषय अझै अनिश्चित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने संकेत गरेको छ ।

0 Comments