७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रुवाहक भ्यान र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते

अ अ+ अ-

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.-०४-००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको थियो। घाइतेमध्ये बारा जिल्लाको सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ।

घाइते हुनेमा ईभी चालक बारा जिल्लाको महागढीमाई नगरपालिका–६ निवासी ४१ वर्षीय कामेश्वर सहनी, महागढीमाई नगरपालिका–९ निवासी ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ निवासी ४५ वर्षीय भवन राम, ४० वर्षीय राजदेव राम, ४० वर्षीय विनोद राम र ४७ वर्षीय रुदल राम रहेका छन्।

त्यसैगरी, सुवर्ण गाउँपालिका–७ निवासी ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ निवासी ३७ वर्षीय नन्दन राम र ३७ वर्षीय उमेश राम, पचरौता नगरपालिका–७ निवासी ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढ गाउँपालिका–४ निवासी ४० वर्षीय नवलकिशोर राम पनि घाइते भएका छन्।

घाइतेमध्ये कामेश्वर सहनी, भवन राम र उमेश रामको अवस्था मध्यम रहेको छ भने अन्य आठ जनाको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि ट्रक चालक मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका–४, क्याम्पसचोक निवासी अन्दाजी ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण राजमार्गमा कुनै अवरोध नभएको बताइएको छ।

0 Comments