८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

अ अ+ अ-

तनहुँ । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।

तनहुँमा आर्थिक वर्ष २०७५/७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय हेक्टर क्षेत्रफलमा रहेको धान जोन अहिले विस्तार भएर पाँच सय ८५ हेक्टर पुगेको छ । धान खेतीको क्षेत्रफल पनि ८५ हेक्टरले वृद्धि भएको छ ।

तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्धेश्यले सञ्चालन गरिएका यी कार्यक्रमले खेतीको क्षेत्रफल विस्तार गर्न सहयोग पुर्‍याएको ढुङ्गानाले बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन भइरहेको छ । यी क्षेत्रमा तरकारी उत्पादनलाई व्यवस्थित गर्दै व्यावसायिक खेतीको क्षेत्र विस्तार गर्ने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।

तरकारी जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिए । यस जोनबाट हालसम्म एक हजार ९८९ जना लाभान्वित भएका छन् ।

किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धान जोन कार्यक्रम तनहुँको व्यास नगरपालिका–८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा सञ्चालन भइरहेको छ । धान उत्पादनको क्षेत्र विस्तार तथा खेतीलाई व्यावसायिक बनाउने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।

धान जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमबाट एक हजार ८३८ जना लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा पाँच सय हेक्टर क्षेत्रफलबाट सुरु भएको धान जोन अहिले पाँच सय ८५ हेक्टरमा विस्तार भएको छ । तरकारी र धान जोन कार्यक्रमबाट तनहुँमा कुल तीन हजार आठ सय २७ जना लाभान्वित भएका छन् । तीमध्ये तरकारी जोनबाट एक हजार एक सय ८९ र धान जोनबाट एक हजार आठ सय ३८ जना लाभान्वित भएका छन् ।

दुवै कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार हुनुका साथै सहकारी, कृषक समूह र कृषि उद्यमीको सहभागितामा कृषि गतिविधि सञ्चालन भइरहेको छ ।

0 Comments