९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोदो खेती घट्दो, पिठोको माग उच्च

अ अ+ अ-

जुम्ला । पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । 

कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्रवर्द्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको तिला-१ राराका अगुवा किसान नर रावतको भनाइ छ ।

यहाँका गाउँघरमा कोदो खेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदे बालीमा किसानले महत्त्व दिएर खेती गरिरहेका छन् । विशेषगरी यहाँको तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती उत्पादन बढी हुने गरेको छ । पछिल्लो समयमा खेती गर्नेको सङ्ख्या घट्दै गएको तिला -५ का वडाध्यक्ष ललित शाहीले बताए । 

हाल कोदोको पिठो प्रतिकेजी २०० ले बिक्री हुने गरेको छ । विशेषगरी आन्तरिक पर्यटनको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी अर्जुन बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ ।

परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन । दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा कोदोको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको यहाँका स्थानीय  व्यापारी बताउँछन् ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो । हाल यहाँका आठ वटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

0 Comments