काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६७ अंकले घटेर २६२८.१४ विन्दुमा अडिएको हो।
यो समयमा ५३ वटा स्क्रिप्सको ४ हजार ९५७ कित्ता सेयर २० लाख २७ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घटेको छ ।
बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।




