११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपेन्द्र शानदार अर्धसतकमा पोखरामाथि सुदूरपश्चिमको जित

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनी ५१ रनमा अविजित रहे । ३६ बल खेलेका ऐरीले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, ईशान पाण्डेले ३७ रनको योगदान दिए भने ब्रान्डन म्याकमुलनले २२ तथा सैफ जइबले १५ रन जोडे ।

बलिङतर्फ पोखराका मेहदी हसन, धनन्जय लक्षण र शकिब अल हसनले एक-एक विकेट लिए । यसअघिको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । पोखराको भने यो पहिलो हार हो ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन जोड्यो । अर्जुन घर्तीले अविजित ४० रनको योगदान दिए । २५ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गर्दै पोखराको लक्ष्य उकासे ।

यस्तै, मेहदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन जोडे । शकिब अल हसनले १४ रन बनाउँदा धनन्जय लक्षणले ११ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक-एक सफलता हात पारे ।

0 Comments