१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

अ अ+ अ-

वालिङ (स्याङ्जा) । जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो ।

बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्‍याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यवसायी गौरीलाल सञ्ज्यालले बताए । 

सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादन भएको स्याउ ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याउने र त्यहाँबाट पोखरा आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायतका जिल्लामा जिपमार्फत टोलटोलमा लगेर बिक्री गर्दै आएका छन् । 

“जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो”, उनले भने, “स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा उपभोक्ताको घरदैलोमा पुर्‍याउन थालेका हौँ ।”

उपभोक्ताले आफ्नै घरदैलोमा प्रतिकेजी रु १५० का दरले स्याउ रोजेर खरिद गर्न पाउँदा दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको उनले बताए। एकपटक किन्नुभएका उपभोक्ताले सम्पर्क गरेरै पनि माग गर्ने भएकाले बजार विस्तार हुँदै गएको उनले बताए ।

“एकपटक जुम्लाको स्याउ किनेर खाएपछि पुनः दोस्रो, तेस्रोपटक पनि खोज्नु पक्कै पनि राम्रो भएरै हो”, उनले भने, “बजारमा पाइने स्याउभन्दा सस्तो, विषादीरहित, रङरोगनको प्रयोग नगरिएको अग्र्यानिक भएकाले पनि यो स्याउ उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ ।”

घरदैलोमा स्याउ पाउँदा एकातर्फ उपभोक्ताले सस्तो मूल्यमा स्याउ पाएका छन् भने अर्कातर्फ व्यवसायी तथा किसानले प्रत्यक्ष रूपमा नगद प्राप्त गरेका छन् । स्याउका कार्टुनले भरिएका गाडीमार्फत समयसमयमा टोलटोलमा पुगेर घुम्ती व्यापार हुने गरेको छ ।

0 Comments