१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान

अ अ+ अ-

काठमाडौँ । कृषि विभागले धानबाली, फलफूल बगैँचा, नर्सरीहरू, तरकारी र उखुबाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न किसानलाई आग्रह गरेको छ । 

विभागले विकसित भइरहेको ‘अर्नब’ चक्रवातका कारण मौसममा आएको फेरबदललाई अध्ययन गरेर किसानलाई वर्षातको अवधिभर पशुचौपायालाई ओसारपसार नगर्न पनि आह्वान गरेको हो ।

विभागले कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रसँग समन्वय गरी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रमार्फत किसानलाई सचेत गराएको छ । मौसममा आएको प्रतिकूलता कारण खाद्य बालीमा हुने क्षति न्यूनीकरणका लागि बाली नकाट्न तथा भण्डार नगर्न सूचनासहितको एसएमएस किसानलाई पठाएर उच्च सतर्कता अपनाउन आग्रह गरिएको विभागले जनाएको छ । 

बिहीबारदेखि मौसममा आएको फेरबदलले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र केही स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  

जल तथा मौसम विज्ञान विभागको विश्लेषणका आधारमा विभागले नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकिएको तीन–चार दिनपछि मौसमको अवस्था हेरी काट्न भनेको छ । सातवटै प्रदेशका मन्त्रालयहरूलाई पत्राचार गरी स्थानीय तहका संयन्त्रमार्फत किसानलाई सचेत गराउन निर्देशन दिइएको जनाइएको छ । 

0 Comments