काठमाडौँ । मोबाइल उत्पादक कम्पनी होनरले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभल डिलाइट्स’ नामक विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न मोडलका मोबाइल खरिद गर्ने ग्राहकलाई स्मार्टवाच तथा इयरबड्स सहुलियत मूल्यमा उपलब्ध गराउने भएको हो।
कम्पनीका अनुसार नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने योजनाअन्तर्गत होनर ६०० प्रो, होनर ६०० लाइट, होनर एक्स ७ ई र होनर एक्स ६ ई मोबाइल खरिद गर्ने ग्राहकले होनर वाच २ प्रो स्मार्टवाच ४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। उक्त स्मार्टवाचको नियमित मूल्य १२ हजार ४९९ रुपैयाँ रहेको छ।
त्यस्तै, होनर एक्स ५ डी सिरिजका मोबाइल खरिद गर्ने ग्राहकले होनर इयरबड्स एक्स ७ ई एक्टिभ ४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। यसको नियमित मूल्य ३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
एक महिनासम्म सञ्चालन हुने योजनामार्फत ग्राहकलाई नयाँ मोबाइलसँगै दैनिक प्रयोगमा आउने स्मार्ट उपकरणहरू सहुलियत मूल्यमा उपलब्ध गराउने कम्पनीको उद्देश्य छ।
कम्पनीले चाडपर्वको अवसरमा ल्याएको यस योजनाबाट ग्राहकले मोबाइलसँगै स्मार्टवाच र इयरबड्सजस्ता उपकरण खरिद गर्दा अतिरिक्त आर्थिक सुविधा प्राप्त गर्ने जनाएको छ।




