१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चमा न्यायाधीशहरूको पूर्ण बैठक जारी

अ अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको पूर्ण बैठक जारी छ ।

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले बोलाएको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फुलकोर्ट) लम्बिँदा सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन प्रभावित भएको छ । मुद्दाको पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू बैठकमै व्यस्त रहेकाले सुनुवाइ सुरु हुन सकेको छैन ।

सर्वोच्च अदालत प्रशासनका अनुसार बैठक कम्तीमा खाजा खाने समयसम्म लम्बिने सम्भावना छ । बैठक सकिएपछि मात्रै न्यायाधीशहरू इजलासमा जाने बताइएको छ ।

बिचौलियाका रूपमा आरोपित इनम सापकोटासँग न्यायाधीश हरिप्रसाद फुयालको सम्पर्क र ह्वाट्सएप संवाद तथा प्रधान न्यायाधीश शर्माको नाम जोडिएका आर्थिक कारोबारसम्बन्धी विवरण सार्वजनिक भएपछि न्यायपालिकाभित्र विवाद उत्पन्न भएको हो । सार्वजनिक विवरणको सत्यता र न्यायिक आचरणका विषयमा प्रश्न उठिरहेका छन् । सम्बन्धित न्यायिक पदाधिकारीहरूले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् ।

यसअघि बसेको पूर्ण बैठकमा समेत सार्वजनिक विवरणबारे प्रश्न उठेको थियो । केही न्यायाधीशले घटनाको निष्पक्ष छानबिनका लागि आन्तरिक समिति गठन गर्नुपर्ने धारणा राखेका थिए । तर, त्यसबारे ठोस निर्णय हुन नसकेपछि सोमबार पुनः बैठक बसेको हो ।

0 Comments