१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् बैठक तत्काल बोलाउन प्रतिपक्षी दलहरूको माग

राष्ट्रियता, जनजीविका, लोकतन्त्र र संविधानसँग सम्बन्धित प्रश्नमा संसदीय छलफल आवश्यक रहेको निष्कर्ष, विपद्पछिको पुनर्निर्माणका विषयमा पनि सरकारको ध्यानाकर्षण।

अ अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरूले राष्ट्रियता, जनजीविका र संविधानसँग सम्बन्धित विषयमा गम्भीर प्रश्न उठेको निष्कर्ष निकाल्दै तत्काल संसद् बैठक आह्वान गर्न सरकारसँग माग गरेका छन्।

नेपाली काँग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले समसामयिक राजनीतिक परिस्थिति र जनसरोकारका विषयमा छलफल गर्न संसद् बैठक यथाशीघ्र बोलाउनुपर्ने निर्णय गरेको हो।

बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले मुलुकको राजनीतिक परिस्थितिमा गम्भीर समस्या देखिएको भन्दै त्यसको समाधानका लागि संसद्मा छलफल आवश्यक रहेको बताए।

उनका अनुसार बैठकमा राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि उठेका प्रश्नसँगै नागरिकका दैनिक समस्या तथा विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल भएको थियो।

‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद् बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौँ,’ हमालले बैठकपछि भने।

उनले जनजीविकासँग सम्बन्धित समस्या, राष्ट्रिय हितका विषय र लोकतान्त्रिक व्यवस्थासँग जोडिएका प्रश्नलाई संसद्मा गम्भीरतापूर्वक उठाउनुपर्ने आवश्यकता औँल्याए।

बैठकमा विपद्बाट प्रभावित नागरिकका समस्या, राहत तथा पुनर्निर्माणका विषयले पनि प्राथमिकता पाएको थियो। प्रभावित नागरिकले भोगिरहेका कठिनाइको सम्बोधन र पुनर्निर्माणका कामबारे समेत छलफल भएको हमालले जानकारी दिए।

प्रतिपक्षी दलहरूले मुलुकका समसामयिक चुनौती र सार्वजनिक सरोकारका विषयमा संसदीय छलफल आवश्यक रहेको निष्कर्षसहित बैठक आह्वानको माग अघि सारेका हुन्।

0 Comments