१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धानखेतीका लागि प्रमुख सिँचाइ नहर सञ्चालनमा, निर्माणका काम बाली भित्र्याएपछि

सुनसरी-मोरङ र राजापुर सिँचाइ प्रणालीबाट ८२ हजारभन्दा बढी हेक्टर क्षेत्रमा सेवा, भदौ मसान्तसम्म करिब २०० हेक्टरमा नयाँ सुविधा विस्तार।

अ अ+ अ-

काठमाडौँ । धानखेतीको समयमा किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन मुलुकका प्रमुख नहर प्रणाली सञ्चालनमा राखिएको छ। जलस्रोत तथा सिँचाइ विभागले बाली उत्पादनको मुख्य समयमा पानी आपूर्तिलाई प्राथमिकता दिँदै नहर निर्माण तथा सुधारका कामको तालिका मिलाएको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागका अनुसार सुनसरी-मोरङ सिँचाइ आयोजनाबाट ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सेवा उपलब्ध गराइएको छ। त्यसमध्ये ५५ हजार हेक्टरमा सतह सिँचाइ सुविधा रहेको छ। त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयमार्फत १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुगेको विभागले जनाएको छ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाअन्तर्गतका नहर धानखेतीका लागि निरन्तर सञ्चालनमा राखिएका छन्। किसानलाई पानी उपलब्ध गराउने कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले ती आयोजनाका निर्माणसम्बन्धी काम बाली भित्र्याएपछिको समयमा गर्ने गरी तालिका व्यवस्थापन गरिएको उनले बताए।

यसैबीच, विभागले विद्यमान सिँचाइ प्रणाली सञ्चालनसँगै नयाँ क्षेत्रमा समेत सुविधा विस्तार गरेको जनाएको छ। महानिर्देशक रजौरियाका अनुसार कास्कीको पोखरा क्षेत्रमा ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगरअन्तर्गत ३ हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा थपिएको छ।

त्यस्तै, सिक्टा र बबईलगायतका सिँचाइ आयोजनामार्फत भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको विभागको विवरणमा उल्लेख छ।

विभागले धानखेतीको समयमा नहर सञ्चालनलाई प्राथमिकता दिने र निर्माणका कामलाई बाली उत्पादनको समयसँग नजुध्ने गरी व्यवस्थापन गर्ने नीति अपनाएको जनाएको छ। यसबाट सिँचाइ सेवा निरन्तर राख्दै पूर्वाधार विस्तारका कामसमेत अघि बढाउने विभागको योजना देखिन्छ।

0 Comments