१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतमा प्रस्तावित चार न्यायाधीश विरुद्ध समितिमा ९ वटा उजुरी

अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । 

उनकाअनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका  लागि हाल उजुरी संकलन गर्ने प्रक्रिया जारी रहेको छ । प्राप्त उजुरीमध्ये सबै जना प्रस्तावित न्यायाधीशविरुद्ध दुई-दुई वटा, दुई जना जनाविरुद्ध तीन/तीन वटा र एक जनाविरुद्ध एक वटा उजुरी परेको जानकारी दिए।

सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिए। गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आगामी बैठकमा खोलेर अध्ययन गरिने उनको  भनाइ छ । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

उनले भने, ‘यो न्यायाधीशको सुनुवाइको प्रक्रिया अगाडि अगाडी बढिरहेको छ, उजुरीको प्रक्रिया अगाडि बढिरहेको छ, हाल उजुरीहरू कलेक्सन भइरहेका छन् । अहिलेसम्म टोटलमा हाम्रो ९ वटा उजुरीहरू प्राप्त भएको छ । यो सबैजनाको लागि २ वटा उजुरी, अनि १ जनाको लागि ३ वटा, अनि १ जनाको लागि १ वटा, फेरि अर्को १ जनाको लागि ३ वटा उजुरी आएको कुरा पनि तपाईँलाई जानकारी गराऊँ । हामीले जति पनि गोप्य भनिएको छैन, गोप्य नभएकोलाई हामी अध्ययन गर्छौँ । गोप्य भनेकोलाई चाहिँ यसको अर्को बैठक बसेर फेरि त्यो उजुरी हामी खोल्छौँ र अध्ययन गर्छौँ । सुनुवाइको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ । गत असोज २० मा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

0 Comments