चीन । चीनको झानजियाङमा आगो लागेको सामान बोकेको एक ट्रक सिधै दमकल केन्द्र पुगेपछि अग्निनियन्त्रकहरूले केही मिनेटमै आगो नियन्त्रणमा लिएका छन् ।
ट्रकमा राखिएको सामानमा आगो लागेपछि चालकले तत्काल सहयोगका लागि ट्रक दमकल केन्द्रसम्म पुर्याएका थिए । ट्रक दमकल केन्द्र पुगेपछि अग्निनियन्त्रकहरू तुरुन्तै उद्धार तथा आगो नियन्त्रणमा खटिएका थिए । अग्निनियन्त्रकहरूको तिब्र प्रतिक्रियाका कारण केही मिनेटमै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ ।
घटनामा कुनै मानवीय क्षति नभएको र ठूलो भौतिक क्षतिसमेत हुन नपाएको बताइएको छ । चालकले समयमै दमकल केन्द्र पुगेर सहयोग मागेपछि सम्भावित ठूलो दुर्घटना टरेको हो ।




